लाहुरे अनि विदेशीलाई मात्र प्राथमिकता दिने हाम्रो समाजलाई सरकारी हाकिमहरुको आगमनले भर्खर हुर्किँदै गरेका भविष्यहरु र युवाहरुलाई प्रेरणाको स्रोत बन्ने थियो ।
सो¥ह वर्ष नपुग्दै बिहेको बन्धनम़ा बाँधिने महिला दिदीबहिनीहरुम़ा महिलाले पनि गरे हुने रहेछ है भन्ने हौसला बढ्ने थियो । लोग्ने विदेश स्वास्नी र बाल बच्चाहरु दाङ, काठमाण्डौ अनि बुढा आमाबाबु मात्र गाउँ कुरेर बस्ने समस्या थोरै भए पनि घट्दै जाने थियो ।
सिस्ने हिमाल, पुथा हिमाल र बुकि पाटनको सौन्दर्यम़ा रमाउन आउने आन्तरिक र विदेशी पर्यटकहरुलाई सहज हुने थियो । देशभर छरिएर रहेका मगर समाजलाई भुमे नाचको उद्गम थलोको रुपमा परिचित गरी मगर परम्परा, संस्कृतिसम्बन्धि चासो राख्ने तथा अध्ययन गर्न खोज्नेहरुका लागि गन्तव्य स्थलका रुपमा परिचित गर्न सकिन्थ्यो ।
रुकुमकोट त आफैँम़ा सुगम थलो, कमल तालको सौन्दर्य अनि शिक्षित जनताहरुको थलो । सदरमुकाम भए पनि नभए पनि रुकुमकोट महत्व कहिले घटने छैन त्यसकारण ज्ञान भूमिको रुकुमकोटे जनताहरुले रुकुम जिल्ला छुट्टिनु भन्दा अगाडी खलंगा(मुसिकोट)लाई सदरमुकामको रुपम़ा स्वीकार गरेकै हुन् अब गोल्खादा लाई पनि सदरमुकामको रुपमा स्वीकार गर्दिए वाहा क्या दामी हुने थियो ।
विकासको विकेन्द्रीकरणले मात्र समृद्विको बाटो तय गर्न सकिन्छ भन्ने यथार्थलाई रुकुमकोटे जनताले बुझिदिए कस्तो गज्जब हुने थियो ।
प्रतिक्रिया