Logo

Breaking News 1

आईजीपी नियुक्ति बिरुद्धको रिटमा आज सुनुवाइ हुँदै



काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति बिरुद्धको रिटमा आइतबार सुनुवाइ हुँदैछ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

कामु प्रधान न्यायाधीश कार्की र न्यायाधीश चुडालले जेठ ३० मा सुनुवाई गरेर मुद्दा असार ५ मा हेर्दाहेर्दैमा राख्ने आदेश गरेका हुन् । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ८ : ४७ बजे