बारा । बारामा छुट्टाछुट्टै स्थानमा रहेका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घरनजिकैको पोखरीमा नुहाउन गएका जिल्लाको कलैया उपमहानगरपालिकाका एक बालकको डुबेर मृत्यु भएको छ । बुधबार कलैया उपमहानगरपालिका–१६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीको छोरा ९ वर्षीय यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिए ।
घरबाट करिब ४/५ जना साथीहरुसँग पोखरीतर्फ निस्केको आधा घण्टामै बालक डुबेका थिए । बालकलाई स्थानीयले पोखरीबाट निकालेर उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको र उनको उपचारको क्रममा अस्पताल मृत्यु भएको प्रहरिले जनाएको छ ।
यस्तै, कोल्हबी नगरपालिका ११ बेलावा टोल बस्ने बिरनाथ चौधरीको घरभन्दा करिब पाँच सय मिटर पश्चिममा रहेको आफ्नै पोखरीमा डुबेर मृत्यु भएको छ । घरबाट घाँस काट्न गएका उनी अबेर रातसम्मा घर नआएपछि खोजी गर्ने क्रममा उनलाई उक्त पोखरीमा मृतावस्थामा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
उनको मृत्युबारे अनुसन्धान भाईरहेको जिल्ला प्रहरी कार्यालयले बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
प्रतिक्रिया