Logo

Breaking News 1

प्रतिनिधि सभा बैठक बस्दै, आज पनि बजेटमाथि सैद्धान्तिक छलफल हुने



काठमाडौं । संसद बैठकमा आज पनि आगामी आर्थिक वर्षको बजेमाथि छलफल हुँदैछ। सरकारले गत आइतबार संघीय संसदमा पेस गरेको बजेटमाथि मंगलबारदेखि प्रतिनिधि सभामा छलफल जारी छ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।

मंगलबारको छलफलमा सत्तापक्षका सांसदहरुले बजेटको बचाउ गर्दा प्रतिपक्ष नेकपा एमाले सांसदहरुले भने चुनाव लक्षित, प्रचारमुखी र स्रोतको व्यवस्थापन नभएको भन्दै बजेटको आलोचना गरेका थिए ।

सामान्य छलफल सकिएपछि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ। सभामुख अग्निप्रसाद सापकोटाले बजेटमाथि छलफलका लागि म‌गलबारदेखि तीन दिन समय निर्धारण गरेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ७ : ३१ बजे