Logo

Breaking News 1

गठबन्धन बैठक: कांग्रेस वरिष्ठ नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ ।

मंगलबार बिहान बालुवाटारमा बसेको बैठकले अनुगमन समिति गठन गर्ने निर्णय गरेको नेताहरुले जानकारी दिएका हुन् । समितिमा पाँचै दलका नेताहरु समावेश हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो तीनदिने भारत भ्रमणबारे ब्रिफिङसमेत गरेका थिए ।

यस्तै, अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद र सरोकारवालाहरुसँग वृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय पनि भएको बताइएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेता सहभागी थिए।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ११ : ३२ बजे