Logo

Breaking News 1

विदेश अध्ययनका लागि जान नपाएका विद्यार्थीहरुले चैत २५ गतेभित्र निवेदन दिनुपर्ने



काठमाडौं । कोभिड-१९ का कारण चीन लगायतका देशमा अध्ययनका लागि जान नपाएका विद्यार्थीहरुले यही चैत २५ गतेभित्र शिक्षा मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै कोभिड-१९ को माहामारीको अवधिमा नेपाल फर्किएका र बन्दाबन्दीका कारण फर्किन नपाएका विद्यार्थीहरुलाई निवेदन दिन आग्रह गरेको हो ।

मन्त्रालयले निवेदन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलको शिक्षा शाखाको इमेल [email protected] मा पठाउन आग्रह गरेको छ ।

www.moest.gov.np मा राखिएको ढाँचामा उल्लेखित विवरण खुलाई निवेदन दिन मन्त्रालयले आग्रह गरेको हो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ९ : ०० बजे