Logo

मुख्य समाचार

वाग्मतीसहित तीन प्रदेशमा वर्षाको सम्भावना


२७ कार्तिक २०८३, बिहिबार  

0
Shares

काठमाडौं । माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।

दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ ।

विभागका अनुसार राति पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । रातिको समयमा गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

यसैगरी तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने पूर्वानुमान गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, बिहिबार  ६ : ३७ बजे