Logo

मुख्य समाचार

कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै 



काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै छ । हिन्दू धर्मावलम्बीहरूले विशेष धार्मिक महत्वका साथ मनाउने कोजाग्रत पूर्णिमासँगै नेपालीहरूको महान् चाड बडादसैँ औपचारिक रूपमा समापन हुने गर्दछ ।

बडादशैंको अन्तिम दिनका रूपमा मनाइने यस पर्वमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ । 

दसैँको टीका र जमरा लगाउने क्रम समाप्त भएसँगै कोजाग्रत पूर्णिमापछि दसैँको औपचारिक समापन हुने मानिन्छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, आइतबार  ७ : २४ बजे