काठमाडौं । सोमबार देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार (असोज १२) दिनभर मौसममा आंशिक बदली रहनेछ।








प्रतिक्रिया