Logo

मुख्य समाचार

भाटभटेनीको धरान स्टोर आजदेखि पुनः सञ्चालनमा



काठमाडौं । भाटभटेनी सुपर मार्केटको धरानस्थित स्टोर आज (बुधबार)देखि पुनः सञ्चालनमा आउने भएको छ।

धरानको पुतली लाइनमा रहेको भाटभटेनीको स्टोर भदौ २४ गतेदेखि नियमित रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरले आजदेखि दैनिक सेवा सञ्चालन गर्नेछ।

कम्पनीले स्टोरमा ग्राहकलाई आवश्यक आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराइने जनाएको छ।

स्टोर पुनः सञ्चालनमा आउन लागेको जानकारी दिँदै कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ग्राहक तथा सरोकारवालाको निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको बताएका छन्।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ११ : ११ बजे