काठमाडौं-लागूऔषध विरुद्धको अभियानलाई तीव्र बनाउँदै सशस्त्र प्रहरी बल नेपाल, इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले मिति २०८३/०५/२२गते ललितपुर बाट ठूलो परिमाणमा लागूऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा अन्दाजी १५:३० बजे ललितपुर महानगरपालिका–९, च्यासलमा सञ्चालन गरिएको अपरेसनका क्रममा १७ हजार ४०० क्याप्सुल ट्रामाडोल बरामद गरिएको हो।
पक्राउ पर्नेमा सुनसरी, धरान महानगरपालिका–१७ घर भई हाल सातदोबाटोमा बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुलमा बस्दै आएका ३२ वर्षीय सुजित देउला रहेका छन्।
उनीहरूको साथबाट ट्रामाडोल ५८ बक्स, १ हजार ७४० फाइल अर्थात् १७ हजार ४०० क्याप्सुल तथा Honda Dio स्कुटर एक थान बरामद भएको छ साथै ललितपुर महानगरपालिका-७ स्थित डु पाक स्थायी वतन जिल्ला काभ्रे पनौती नपा-०१ पर्खालचौर घर भई सुनिता महर्जनको घरमा कोठा भाडामा बस्ने वर्ष अ.४२ को अर्जुन भुजेलको कोठामा सुत्ने खाट मुनि रहेको सोकेश भित्र थप ८९१०० क्याप्सुल गरि जम्मा १,०६,५०० थान लागू औषध ट्रामाडोल बरामद गरेको।
इन्टेलिजेन्स ब्युरोका अनुसार ‘K.G.F. Chapter–2’ नामबाट ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको सूचनाका आधारमा यसअघि पनि विशेष अपरेसन सञ्चालन गरिएको थियो। सो क्रममा दुई लाखभन्दा बढी लागूऔषध बरामद गरिएको थियो।च्यासलबाट पक्राउ परेका व्यक्तिहरूको सम्बन्ध, लागूऔषधको स्रोत, वितरण सञ्जाल तथा समूहका अन्य सदस्यबारे अनुसन्धान अघि वढाउन वरामद लागुऔषध तथा नियन्त्रणमा लिएका ब्याक्ति नेपाल प्रहरी लाई वुझिएको छ।








प्रतिक्रिया