काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ। महासंघले चाँदीको मूल्य प्रतितोला ४ हजार ७२५ रुपैयाँ तोकेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।








प्रतिक्रिया