काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार २२२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले उपलब्ध गराएको विवरणअनुसार फेला परेका शवमध्ये ८८२ शवको व्यवस्थापन गरिएको छ ।
फेला परेका शवमा ३४ बालक, ४३ बालिका, २३६ महिला र ४०६ पुरुष छन् । यस्तै ४२१ आंशिक अंग र ८२ शवको लिंग पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बाढीमा परी बेपत्ता हुनेको संख्या भने ४ हजार ८७५ पुगेको छ । बेपत्तामध्ये ६०१ जना विदेशी नागरिक छन् ।
प्रहरीका अनुसार हालसम्म एक हजार ९२ शवको डीएनए नमुना संकलन गरिएको छ । यस्तै बेपत्ता व्यक्तिका ५६३ जना आफन्तको डीएनए नमुना संकलन गरिएको छ । शव तथा आफन्त गरी कुल एक हजार ६५५ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ ।
शवको पहिचान तथा बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया