काठमाडौं । ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका प्रतिनिधि डेभिड यीङले उद्योगमन्त्री गौरी यादवलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत विपद् प्रभावितको राहत तथा उद्धारमा खर्च गरिने बताइएको छ।
चेक हस्तान्तरण कार्यक्रममा मन्त्री यादवले विपद्का बेला सहयोग उपलब्ध गराएकोमा ह्वासिया इन्भेस्टमेन्ट कम्पनीलाई धन्यवाद दिइन्। उनले प्राप्त रकम बाढी प्रभावित नागरिकको राहत तथा उद्धारमा सदुपयोग गरिने बताइन्।
मन्त्री यादवले विपद्का समयमा निजी क्षेत्र तथा विभिन्न संघ–संस्थाबाट प्राप्त सहयोगले सरकारको राहत तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताइन्।








प्रतिक्रिया