काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव त्रिशूली नदीको किनारमा गोरखातर्फ फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार शर्माको शव गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा फेला परेको हो।
हुम्लाको ताजाकोट गाउँपालिका–२ का स्थानीय शर्माको शव पोष्टमार्टमपछि परिवारले बुझेका छन्।
गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीपछि हालसम्म ६५ जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया