Logo

समाचार

भोटेकोसी बाढी संकटबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको ब्रिफिङ



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न संकटबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन् ।

प्रधानमन्त्री शाहले सोमबार प्रधानसेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे ब्रिफिङ लिएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढीपछिको अवस्थाबारे जानकारी लिनेछन् ।

त्यसैगरी, उनले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि ब्रिफिङ लिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र जोखिम व्यवस्थापनका लागि भइरहेको सुरक्षा निकायको परिचालन तथा आगामी रणनीतिबारे प्रधानमन्त्रीले जानकारी लिइरहेका छन् ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  १२ : ४१ बजे