Logo

समाचार

नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ



काठमाडौं । नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेको छ ।

नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका—७ बस्ने १९ वर्षीय सुदिप कटुवाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

सामाजिक सञ्जाल फेसबुकमा नाबालिकासँग साथी बनेर प्रलोभनमा पारी अश्लिल सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरी चरित्र हत्या गर्ने र रकम समेत माग गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत काठमाडौंबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ७ : ३० बजे