मेष
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्।
वृष
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।
मिथुन
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुस्ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्।
कर्कट
पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। निरन्तरको प्रयत्नले मात्र काम बनाउन सकिनेछ। आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।
सिंह
देखेको विषयमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। अरूको आक्षेप सहनुपर्ने हुन सक्छ। खर्च बढ्नाले अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ।
कन्या
पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ।
तुला
सुरुमा खर्च लागे पनि दिगो काममा लगानी गर्ने अवसर जुट्नेछ। रोकिएका काम सम्पादन हुनेछन्। प्रयत्न गर्दा फसेको रकम उठ्न सक्छ। लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ।
बृश्चिक
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ।
धनु
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। तापनि व्यापार बढ्नेछ र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
मकर
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। आजको मिहिनेतले कीर्तिमानी दिलाउन सक्छ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा राम्रो फाइदा हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कुम्भ
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। काम बिस्तारै सम्पादन हुनेछन्। साँझदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ।
मीन
परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। भौतिक सुविधाले खर्च निम्त्याउला। बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।








प्रतिक्रिया