Logo

विश्व

उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी


२९ श्रावण २०८३, शुक्रबार  

69
Shares

काठमाडाैं । अमेरिका र दक्षिण कोरियाले आगामी संयुक्त सैन्य अभ्यासमा रुस–युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर तयारी गरिरहेका बेला प्योङयाङले त्यसको जवाफमा ‘नयाँ स्तरको प्रतिरोध’ अपनाउने चेतावनी दिएको छ ।

सोमबारदेखि सुरु हुने ११ दिने ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यासमध्ये एक हो । आणविक हतियार सम्पन्न उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दुवै देशका सेनालाई तयार पार्नु अभ्यासको मुख्य उद्देश्य हो ।

प्योङयाङले भने यस्ता अभ्यासलाई लामो समयदेखि आफूविरुद्ध हुने आक्रमणको पूर्वाभ्यास भन्दै विरोध गर्दै आएको छ । यसै क्रममा उत्तर कोरियाले यसै साता जापानको सागरमा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त परीक्षणलाई आगामी संयुक्त सैन्य अभ्यासप्रतिको असन्तुष्टिको सङ्केतका रूपमा हेरिएको छ ।

यस वर्षको अभ्यासमा ड्रोन, साइबर आक्रमण र जीपीएस जामिङलगायत आधुनिक युद्धमा प्रयोग हुने क्षमतासँग सम्बन्धित प्रशिक्षणलाई विशेष महत्त्व दिइएको छ । रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सैनिकको तैनाथीबाट प्राप्त युद्ध अनुभवलाई समेत ध्यानमा राखेर दक्षिण कोरिया र अमेरिकी सेनालाई सम्भावित नयाँ खतरासँग जुध्न सक्षम बनाउने उद्देश्यले अभ्यास सञ्चालन गर्न लागिएको हो ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  १० : ५९ बजे