Logo

Breaking News 1

तीनवटा संसदीय समितिको बैठक बस्दै


२९ श्रावण २०८३, शुक्रबार  

23
Shares

काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्ने भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । 

दिउँसो २ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मामिला सम्बन्धी समसामायिक विषयमा विज्ञहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १०ः३० बजे बस्ने भएको छ । बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल र सुझाव संकलनको कार्यसूची रहेको छ । 

यस्तै, बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन, २०८३ पारितको विषयमा छलफल हुने कार्यसूची रहेको छ । 

बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मानव अधिकारको वर्तमान अवस्था र आयोगको विभिन्न प्रतिवेदनहरूको कार्यान्वयन सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ७ : १८ बजे