काठमाडाैं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दैछ ।
अपराह्न २ः०० बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरीउपर छलफल गर्ने कार्यक्रम छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ ।
उक्त समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । बिहान ११ः०० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, अपराह्न १ः०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ ।








प्रतिक्रिया