संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान पश्चात नेपालको संघीय संरचना अनुसार निर्धारण भइ दोस्रो कार्यकालका लागि हुन लागेको स्थानीय तहहरुको चुनाव नेपाल सरकारले आउँदो बैशाख ३० गते गर्ने निर्णय गरेको छ ।
सरकारको निर्णयानुसार निर्वाचनको लागि आवश्यक सम्पूर्ण प्रकृया र आवश्यक भौतिक तथा प्राविधिक सेवा सहितको बन्दोबस्तीका सामाग्रीहरु खरिदको काम समेत अगाडी बढाई सकेको छ । आवश्यक सुरक्षा तथा प्रशासनिक जनजक्तिको व्यवस्थापनको तयारी समेत सोहि अनुसार तयारी तिव्र बनाएको देखिन्छ ।
मतदाताले गर्ने हरेक भोटको उपहार वा सजाय आगामी ५ वर्षका लागि मात्र नभएर पुस्तौसम्म पुग्छ । त्यसैले, एक असल र क्षमतावान व्यक्तिलाई आफ्नो प्रतिनिधिका रुपमा चुनौँ र आफ्नो र आफ्ना सन्तानको भविष्यका लागि सबैले मतदानमा सहभागि बनौँ ।
समग्रमा, सरकारले निर्वाचनका लागि गर्नुपर्ने आवश्यक सबै तयारीलाई तिव्र पारेको छ र विशेष अवस्था बाहेक सरकारले निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन गर्नेछ । नेपालमा कृयाशील दलहरु निर्वाचनको मिति घोषणासँगै आफ्नो दलको चुनावी एजेण्डाहरुको तयारी र त्यसको जनस्तरमा प्रचारप्रसार गर्न व्यस्त छन । राष्ट्रिय स्तरका दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र राप्रपाले आफ्नो चुनावी अभियानलाई तिव्र बनाएका छन भने क्षेत्रीय र मधेश केन्द्रित दलहरुले पनि आन्तरिक तयारी गरिरहेका देखिन्छन ।
चुनावको सन्निकटमा दलहरुले केहि पुरानै र केहि नयाँ चुनावी रणनीतिका साथ गाउँगाउँमा अभियान तिव्र बनाएका छन । हालको अवस्थालाई नियाल्दा फेरी पनि वर्तमानका मुख्य दलहरु नै मुख्य प्रतिस्पर्धामा रहने प्राय निश्चित छ । अहिले सबैभन्दा बढी आक्रामकरुपमा काँग्रेस, एमाले र राप्रपाले आफ्नो चुनावमुखी अभियान चलाइ रहेका छन भने माओवादी, एकिकृत समाजवादी र अन्य साना दलहरु चुनावी तालमेल कसरी गर्न सकिन्छ भन्नेमा बढी केन्द्रित भएको देखिन्छ ।
विशेषगरी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विगतका व्यवहारले अन्य दलहरुलाई चुनावी तालमेलमा सामेल बनाउने वा नबनाउनेबारेमा अलमलमा छन । वि।स। २०७४ को चुनावी सरकारमा रहेको आओवादी केन्द्रले स्थानीय तहको चुनावमा सरकारको सहयात्री दलको हैसियतले मुख्यतस् नेपाली काँग्रेससँग सहकार्य गरेको थियो भने प्रदेश र संघीय प्रतिनिधि सभाको निर्वाचनमा सरकारको सहयात्री दलसँगको सहकार्य छोडेर प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग सहकार्य गर्यो र पछि पार्टी एकता समेत गरेको थियो ।
त्यो एकता पनि ३ वर्षसमेत टिक्न सकेन र फेरी प्रतिपक्ष दल नेपाली काँग्रेसको नेतृत्वमा हाल भइरहेको सरकारको सहयात्री बनेर बसेको छ । आफ्नै विगतका सहयात्री नेताहरु बाबुराम भट्टराई, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द र मधेश केन्द्रित दलहरुले पनि कहि न कहि प्रचण्डको व्यवहारबाट पिडित भएका कारण छिट्टै विश्वास गरि हाल्ने अवस्था छैन तर उनिहरुले वर्गीय मुद्दा र पारश्परिक लाभका लागि एक भएर चुनावमा जान सक्ने छन ।
दलगत रुपमा हुने विभिन्न तहको चुनावमा स्थानीय स्तरका मुद्दाहरुको भन्दा दलगत मुद्दाहरु हावी हुन्छन । दलगत चुनावी तालमेलका साथ हुने निर्वाचनमा झन कुनै चुनावी मुद्दा नै हुदैन र त्यो निर्वाचनको फगत व्यक्ति जिताउँने बाहेक अरु कुनै अर्थ छैन । दलका नेताहरुले आम चुनावलाई आफ्नो अस्तित्वको लडाइसँग जोडेर हेर्दा यस्ता खालका अप्राकृतिक गठबन्धन गर्न पुग्छन भने त्यसले स्थानीय जनताहरुको आवाज सम्बन्धित ठाउँमा पुग्नबाट रोकिन्छ । प्रदेश र संघीय प्रतिनिधि सभाको चुनावमा मुद्दाका आधारमा गठबन्धन हुनसक्छ तर स्थानीयतहको चुनावमा दलगत प्रतिस्पर्धा तथा गठबन्धनमा आधारित चुनावी अभियान एकदम गलत छ ।
स्थानीय तहका जनप्रतिनिधिहरु विशेषतः वडातहका जनप्रतिनिधिहरु सम्बन्धित वडाका जनताहरुका साझा अभिभावकहरु हुन । उनिहरुले हरेक घरको सेवामा सकृय हुनुपर्छ र गाउँघरमा हुने सबै सुखदुखको समयमा सकृय सहभागि हुनुपर्छ । त्यसैले स्थानीयतहको निर्वाचनमा त्यहाँको स्थानीय आवश्यकता र त्यसलाई पुरा गर्न सहयोग गर्न सक्ने सक्षम व्यक्तिलाई चुन्नु पर्छ ।
स्थानीय जनताहरुको तत्कालको आवश्यकताहरु के के छन, त्यी आवश्यकताहरुलाई पुरा गर्न सक्ने तत्कालिन र दिर्धकालिन सम्भावना के छ ? स्थानीय स्तरका स्रोतहरुको व्यवस्थापन र विवेकपुर्ण उपयोग गर्ने उपायहरु के हुन ? भौतिक पूर्वाधारहरुको वर्तमान अवस्था र सुधारको योजना के हो ? शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, खेलकुद र सामाजिक सहभागितामा पहुँच र त्यसको गुणस्तरमा सुधारको योजना के छ ? परम्परागत स्थानीय कला तथा सस्कृति, धर्म, रितिरिवाजहरुको सम्मान र संरक्षण गर्ने योजना र आधारहरु के हुन ? प्राकृतिक स्रोतहरुको उच्चतम प्रतिफलमा आधारित वितरण र प्रयोग कसरी गर्ने ? स्थानीय युवाहरुको स्वारोजगारको योजना र रोजगारीको सृजना गर्न सक्ने आधारहरु के हुन ? ज्ञान र अनुभवका भण्डार जेष्ठनागरिकहरुको उपयोग कसरी गर्ने ? स्थानीय स्रोतमा आधारित विकास योजना निर्माण र कार्यान्वयनमा सबैको सम्मानजनक सहभागिता कसरी बनाउने ? दिगो विकासमा आधारित स्थानीय अर्थ प्रणालीको विकास कसरी गर्ने ? स्थानीय आर्थिक कृयाकलाहरुको प्रवर्धन र विकासको योजनाहरु के के छन ? आदि सामान्य चुनाव केन्दित प्रश्नहरु आगामी स्थानीयतहको निर्वाचनमा हरेक मतदाताले सोध्नु अनिवार्य छ ।
दलगत रुपमा हुने विभिन्न तहको चुनावमा स्थानीय स्तरका मुद्दाहरुको भन्दा दलगत मुद्दाहरु हावी हुन्छन । दलगत चुनावी तालमेलका साथ हुने निर्वाचनमा झन कुनै चुनावी मुद्दा नै हुदैन र त्यो निर्वाचनको फगत व्यक्ति जिताउँने बाहेक अरु कुनै अर्थ छैन ।
यी प्रश्नहरुमा उनिहरुले दिने जवाफको तथ्याङ्किय धरातलमा आधारित भएर मुल्याङ्कन गर्नुपर्छ । निर्वाचनमा गरिने हरेक चुनावी वाचाहरुको पछि नलागेर विवेकपूर्ण मुल्याङ्कनगरि आफ्नो साझा अभिभावक चुन्नुपर्छ । मतदाताले गर्ने हरेक भोटको उपहार वा सजाय आगामी ५ वर्षका लागि मात्र नभएर पुस्तौसम्म पुग्छ । त्यसैले, एक असल र क्षमतावान व्यक्तिलाई आफ्नो प्रतिनिधिका रुपमा चुनौँ र आफ्नो र आफ्ना सन्तानको भविष्यका लागि सबैले मतदानमा सहभागि बनौँ ।
प्रतिक्रिया