Logo

मुख्य समाचार

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु



सुदूरपश्चिम । आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरीको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत शनिबार साँझ आफ्नै घरभित्र शरीरमा आगो लगाएपछि चौधरी घाइते भएकी थिइन् ।

त्यहाँबाट थप उपचारका लागि भेरी अस्पताल, नेपालगन्ज रिफर गरिए पनि आफन्तले उनलाई सिधैँ काठमाडौँ लैजाँदै गरेका थिए ।

त्यसै क्रममा आज बिहान बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १० : ५३ बजे