Logo

मुख्य समाचार

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन



दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको निधन भएको छ । उनको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको हाे ।

असी वर्षीय बस्नेत लामो समयदेखि मिर्गाैला रोगबाट पीडित थिए । उनको आज नै शीत्तलपुरस्थित बबई नदीको घाटमा अन्त्यष्टि गरिने जनाइएकाे छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ८ : २९ बजे