Logo

Breaking News 1

पहाडी र तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेकाे छ । दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । 

देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

विभागले राति वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । पहाडी भूभागका केही र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ६ : १२ बजे