Logo

Breaking News 1

डा.पाण्डेको निधनप्रति कांग्रेसद्वारा श्रद्धाञ्जली व्यक्त



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नागरिक अगुवा, पूर्वअर्थमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा डा.देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

शनिबार श्रद्धाञ्जली तथा समवेदना सन्देश जारी गर्दै नेता आङदेम्बेले डा.पाण्डेको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका हुन् । 

आङदेम्बेले नेपालमा लोकतन्त्रको सुदृढीकरण, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन, पारदर्शिता तथा उत्तरदायी शासन व्यवस्थाको पक्षमा डा.पाण्डेले पु¥याएको योगदान इतिहासमा सधैं सम्मानका साथ स्मरण गरिने उल्लेख गरेका छन् । 

उनले २०६२÷०६३ सालको जनआन्दोलनका क्रममा नागरिक समाजका तर्फबाट डा.पाण्डेले खेलेको नेतृत्वदायी भूमिका तथा निरंकुशताविरुद्ध निरन्तर उठाएको निर्भीक आवाज लोकतान्त्रिक आन्दोलनका अमूल्य सम्पत्ति भएको बताएका छन् । 

सन्देशमा अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सार्वजनिक बौद्धिक व्यक्तित्वका रूपमा डा. पाण्डेले नेपालको आर्थिक नीति, सार्वजनिक प्रशासन, सुशासन र विकाससम्बन्धी बहसलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरिएको छ ।

आङदेम्बेले डा. पाण्डेको निधनसँगै मुलुकले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व तथा लोकतान्त्रिक मूल्यका दृढ पक्षधर गुमाएको बताएका छन् ।

उनले स्वर्गीय डा. देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् । 

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ११ : ४३ बजे