Logo

Breaking News 1

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध



बागलुङ । पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ । जैमिनी नगरपालिका–८ बेलबगर स्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो ।

सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । 

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ८ : २९ बजे