Logo

Breaking News 1

देशभर मनसुनी वायुको प्रभाव : कता कता पर्छ अति भारी वर्षा ?



काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभागनजिक र पूर्वमा सरदर स्थान आसपास रहेकाले वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रेदशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे विभागले जनाएकाे छ ।

कोसी र वाग्मती प्रदेशको हिमाली भूभाग तथा कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग  तथा लुम्बिनी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा मधेस, कोसी र वाग्मती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाल, पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेकाे छ । 

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ६ : १९ बजे