Logo

Breaking News 1

आजदेखि साविककै १४.२ केजीको ग्यास बिक्री गर्ने, मूल्य दुई हजार ६० रुपैयाँ



काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास साविककै १४.२ केजीको ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको जनाएको छ । मूल्य भने दुई हजार ६० रुपैयाँ रहेको छ ।

यसअघि अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो । त्यसलाई अन्त्य गर्दै अब १४.२ केजी क्षमताकै सिलिन्डर पुनः वितरण गरिने भएको हो ।

निगमका अनुसार, हाल भारतबाट नियमित रूपमा खाना पकाउने ग्यास आयात भइरहेको छ । आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न निगमले उपभोक्तासँग अनुरोध गरेको छ । 

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ७ : ३९ बजे