काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक लगाइएकाे छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै सवारी आवागमनमा रोक लगाइएको जनाएको हो ।
लगातार भएको भारी वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोका कारण सडक अवरुद्ध भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा रोक लगाइएको जनाएको हो ।









प्रतिक्रिया