Logo

Breaking News 1

राष्ट्रपति रामचन्द्र पौडेलले गरे चारवटा विधेयक प्रमाणीकरण



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरेको उल्लेख छ । 

राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बिहीबार प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सङ्घीय संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस भएका थिए । 

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ६ : ३७ बजे