काठमाडौं । राहदानी सेवा आज र भाेलि बन्द हुने भएको छ । राहदानी विभागले सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको हाे ।
विभागका अनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानीसम्बन्धी सेवा बन्द रहनेछ ।
यसअघि विभागले असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो ।








प्रतिक्रिया