Logo

Breaking News 1

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 



काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । मंगलबार बैठक अपराह्न १२ः१५ वजे बस्ने भएको हो । बैठममा ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय जवाफ दिने कार्यसूची रहेको छ । 

राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय सांसदले उठाएका प्रश्नको जवाफ दिइने छ ।

अध्यक्षले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । अर्थ मन्त्री डा. वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त देहायका विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्ने छन् । 

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ९ : २४ बजे