Logo

अर्थ

आजका लागि विदेशी मुद्राको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । 

युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९७ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०७ पैसा र बिक्रीदर २०० रुपैयाँ ८६ पैसा, स्विस फ्र्यांक एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा कायम गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५९ पैसा, सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २८ पैसा र बिक्रीदर २२ रुपैयाँ ३७ पैसा तोकिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २४ पैसा र बिक्रीदर ४० रुपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा तोकिएकाृ छ । 

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५ रुपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०५ पैसा र बिक्रीदर २३ रुपैयाँ १४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८९ पैसा तोकेको छ । 

बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ ९३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ५२ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९४ रुपैयाँ २० पैसा रहेको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ६ : २९ बजे