किमाथाङ्का (सङ्खुवासभा) । यही असार ८ गते आएको बाढीबाट मकालु गाउँपालिकामा निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा ठूलो क्षति पुगेको छ ।
अविरल वर्षासँगै आएको बाढी मकालु–२ मा निर्माणाधीन ४५ मेगावटको कसुवाखोला जलविद्युत् आयोजनाको ड्यामसाइटमा बाढी पसेर ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।
बाढीले निर्माण कम्पनी माउण्टेन इन्फ्रा कम्पनी लिमिटेडको लोडर, मिक्सचर, कङ्क्रिट पम्प मेसिन, ६० टन रड ५०० बोरा सिमेन्ट बाढीले बगाएको कम्पनीका म्यानेजर दीपक महतोले बताए ।
त्यस्तै इसुवा हाइड्रोपावरलाई पनि बाढीले क्षति पु¥याएको छ । सताङदेखि ड्याम साइट जाने मोटरबाटोको करिब दुई किलोमिटर क्षेत्रमा ठाँउ ठाँउमा पहिरो गएको छ ।
आयोजनाका १०० मिलिमिटर व्यासका दुईवटा पाइप पहिरोले बगाएको छ भने बिछ्याइएका करिब २०० मिटर पाइपमा क्षति पुगेको छ ।








प्रतिक्रिया