Logo

Breaking News 1

एकै दिन चारवटा स्थानीय तह ल्याए बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक 



मुगु । हिमाली जिल्ला अर्थात् रारा जिल्लाले चिनिएको मुगु जिल्लामा रहेको एक नगरपालिका र तिन गाउँपालिकाले असार १० गते एकै दिन बुधबार आगामी आर्थिक वर्षका लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

छाँयानाथ रारा नगरपालिका, सोरूँ गाउँपालिका, खत्याड गाउँपालिका र मुगुमा कार्मारोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष वर्ष २०८३÷०८४ का लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

स्थानीय तह सरकार सञ्चालन ऐन कानुन तथा नियम अनुसार मुगुका चार वटै स्थानीय तहले तोकिएको समय भित्र आफ्नो बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गर्न सफल भएका छन् ।

जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६५ करोड २१ लाख, ४२ हजार २१ रुपैयाँ सार्वजनिक गरेको छ । बुधबार आयोजित १९औँ नगर सभाले नगरपालिकाको आगामी वर्षको नीति, कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ । उक्त कुल बजेट मध्ये चालु तर्फ २६ करोड ८ लाख ५६ हजार र पुँजीगत तर्फ ३९ करोड १२ लाख ८५ हजार सार्वजनिक गरिएको नगर उपप्रमुख ऐश्वर्य शाही मल्लले जानकारी गराइन ।

सोरूँ गाउँपालिका ले आगामी आर्थिक वर्षको लागि बजेटसहित नीति तथा कार्यक्रम १८ औ गाउसभमा मार्फत सार्वजनिक गरेको छ । उपप्रमुख केशरबहादुर शाहीका अनुसार आगामी आर्थिक वर्षको लागि ५० करोड ६६ लाख ५८ हजार बजेट प्रस्ताव गरिएको र त्यस मध्ये चालु तर्फ ३१ करोड १२ लाख ३० हजार र पुँजीगत तर्फ १९ करोड ५४ लाख २८ हजार रहेको छ ।

सोरूँ गाउँपालिका ले दो मुख बेलिब्रिज निर्माणको लागि १ करोड, सिरु पाटा सडकको लागि ३१ लाख पर्यटन प्रवद्र्धन तथा खेलकुदको लागि ४६ लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष शाहीले जानकारी गराए ।

खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीका अनुसार आगामी आर्थिक वर्षका लागि ६८ करोड ९८ लाख १८ हजार बजेट सार्वजनिक गरिएको बताउनु भयो ।

उक्त कुल बजेट मध्ये चालु तर्फ ५४ करोड ६७ लाख १८ हजार र पुँजीगत तर्फ १४ करोड, २१ लाख प्रस्ताव गरिएको अध्यक्ष शाहीको भनाई छ । त्यसै गरी मुगुमा कार्मारोङ गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ४५ करोड १६ लाख ४८ हजार बजेट सार्वजनिक गरिएको अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।

 चार वटा स्थानीय तह बाट आएको आर्थिक वर्ष २०८३ /०८४ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्दे विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि , पर्यटन, पूर्वाधार , खानेपानी, सरसफाइ तथा श्रमदान बैँक लाई विशेष जोड् दिँदै विविध किसिमका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

शिक्षा, स्वास्थ्य, कृषिलाई पहिलो प्राथमिकता राख्दै मुगु जस्तो दुर्गम जिल्लामा रोग स्वास्थ्य क्षेत्रमा पछाडि परेको जिल्लालाई मध्ये नजर गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, पूर्वाधार , वातावरणीय र सुशासनको क्षेत्रमा प्राथमिकताका साथ समृद्धमा जोड दिइने नीतिमा उल्लेख गरिएको छ ।

बुधवार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा छाँयानाथ रारा नगरपालिकाले वर्ष दसैँ जस्ता महान् चाडपर्वमा दलितहरूलाई वितरण गर्दे आएको भत्ता यो वर्ष एक हजार बढाएर ३ हजार ५ सय गरिएको छ भने गत वर्ष २ हजार पाँच सयले वितरण गरेको थियो । आज प्रस्तुत गरिएको कार्यक्रममा एकल महिलासँग नगर उपप्रमुख भेटघाट कार्यक्रमलाई थप प्रभावकारी रूपमा अगाडी बढाइने नगर उपप्रमुख ऐश्वर्या मल्लले बताइन् ।

अपाङ्गता परिचयपत्र वितरण कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । साथै, कर्णाली प्रदेशको प्रमुख पर्यटकियस्थल रारा ताल क्षेत्र यस नगरपालिका क्षेत्रमा रहेको हुँदा रारा तालको पर्यटन विकास र पर्यटकहरूलाई मध्ये नजर गर्दै रारामा भौतिक पूर्वाधार निर्माण तथा राराको विकासबारे गुरुयोजना निर्माण गरिने नीति तथा कार्यक्रममा सार्वजनिक गरिएको छ ।

सोरूँ गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए । उनका अनुसार गाउँपालिकाको जीवन रेखा सँग जोडिएको कर्णाली कोरिडोर तथा दो मुख बाट सदरमुकाम गमगढी बजार जोड्ने सडक अन्तर्गत सिस्ने खर्क बेलिब्रिज दो मुख पुल निर्माण गर्न १ करोड बजेट विनियोजन गरिएको पालिकाले जनाएको छ । गाउँपालिकाले विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर उकास्ने, सुशासन प्रवद्र्धन गर्ने तथा स्थानीय आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरिएको जनाएको छ ।

यस्तै गरी मुगमकामारोगाँउपालिकाले वन्यजन्तु,जडीबुटी, सडक ,शिक्षा,स्वास्थ्य,लगायतका क्षेत्रमा बढी जोड दिर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाका अध्यक्ष छिरीङ्क क्याप्र्ने लामाले बताएका छन् । दान बहादुर बुढा, नेपाल न्यूज बैंक

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ७ : ४८ बजे