Logo

खेलकुद

फिफा विश्वकप : क्रोएसियासँग पानामा १-० ले पराजित 



काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्रोएसियाले जित हात पारेको छ । क्यानडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलमा क्रोएसियाले पानामालाई १-० ले पराजित गरेको छ ।

दोस्रो हाफ सुरु भएपछि मैदान प्रवेश गरेका आन्ते बुडिमिरले गोल गर्दै अग्रता दिलाए । बुडिमिरले खेलको ५४औं मिनेटमा गोल गर्दै क्रोएसियालाई १-० अग्रता बनाए । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पानामाले दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ७ : १३ बजे