कर्णाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी भएका छन् । पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पराजित गर्दै खड्का विजयी भएका हुन् ।
कुल खसेको ४०० मध्ये खड्काले २८८ मत प्राप्त गरेका निर्वाचन समितिले जानकारी दिएको छ । उनका प्रतिस्पर्धीद्वय उपाध्याय र बस्नेतले क्रमशः ६३ र ३५ मत प्राप्त गरे ।








प्रतिक्रिया