काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको ४१औँ मिनेटमा साउदीले पहिलो अग्रता लिएको थियो ।
उसका लागि अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका हुन् । त्यस्तै साउदीको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।
खेलको ८०औं मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवै टोलिले गोल गर्न सकेन्न र अन्तत खेल १–१ गोलको बराबरीमा सकियो ।
यस खेलसँगै समूह ‘एच’ मा चारवटै टोलीले पहिलो खेलपछि समान एक एक अङ्क जोडेका छन् । गए राति भएको समूह ‘एच’ कै अर्को खेलमा स्पेन र केपभर्डेले पनि १–१ को बराबरी खेलेका थिए ।








प्रतिक्रिया