काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा उरुग्वे र साउदी अरबले अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न भएको खेल १–१ को बराबरीमा सकिएको हो ।
खेलको पहिलो हाफमा साउदी अरबले प्रभावशाली प्रदर्शन गर्दै अग्रता बनाएको थियो । ४१औं मिनेटमा अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई १–० को अवस्थामा पु¥याएका थिए ।
खेलको ८०औं मिनेटमा म्याक्सी अराजोले गोल गरे । अराजोको गोलसँगै खेल १–१ को बराबरीमा पुगेको छ ।
बाँकी समयमा दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् । मंगलबार भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि १–१ को बराबरी खेलेका थिए ।








प्रतिक्रिया