Logo

Breaking News 1

परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै



काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणका लागि जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आइतबार बेइजिङ जान लागेका हुन् । 

भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङ यी लगायत चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गर्ने छन् । उनले नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा भाग लिने तथा चिनियाँ व्यवसायीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । 

मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने छन् । 

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ७ : २० बजे