Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री



काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बुधबारबाट गतिरोध हटेको संसद्को बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । 

आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल जारी रहने भएको हो । 

बैठकमा आजै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । 

अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

बैठकमा अर्थमन्त्री डा. वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ६ : ३० बजे