काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बिहान ९ बजे बस्नेछ ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष/सभापतिसहित दुईजनालाई सहभागिताका लागि आग्रह गरिएको छ ।
सर्वदलीय बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आह्वान गरिएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।








प्रतिक्रिया