काठमाडाैं । इरानको सरकारी समाचार एजेन्सी तस्निमका अनुसार इरानले मध्यस्थता मार्फत अमेरिकासँगको वार्ता स्थगित गर्ने निर्णय गरेको छ ।
इरानले लेबनान युद्धविराम पनि युद्धविरामको एउटा सर्त भएको र अहिले लेबनानसहित सबै मोर्चामा यो युद्धविराम उल्लङ्घन भइरहेको बताएको छ, त्यसैले इरानको वार्ता टोलीले अप्रत्यक्ष वार्ता रोक्ने निर्णय गरेको छ ।
प्रतिवेदनका अनुसार लेबनान र गाजामा इजरायली आक्रमण तत्काल बन्द नभएसम्म र लेबनानको कब्जा गरिएका क्षेत्रहरूबाट पूर्ण रूपमा फिर्ता नभएसम्म कुनै वार्ता हुने छैन ।
सैन्य र सुरक्षा प्रतिष्ठानसँग नजिक मानिने समाचार एजेन्सीले प्रतिरोध मोर्चा र इरानले होर्मुज जलडमरूमलाई पूर्ण रूपमा बन्द गर्ने र बाब अल-मण्डब जलडमरूम सहित अन्य मोर्चाहरूलाई सक्रिय पार्ने र नयाँ मोर्चाहरू खोल्ने लक्ष्य राखेको लेखेको छ ।
पछिल्ला केही घण्टामा, विदेशमन्त्री अब्बास अरघची लगायत वरिष्ठ इरानी अधिकारीहरूले लेबनानमा इजरायली आक्रमण रोक्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
“कुनै एक मोर्चामा यस युद्धविरामको कुनै पनि उल्लंघनलाई सबै मोर्चामा उल्लंघन मानिनेछ। युद्धविरामको कुनै पनि उल्लंघनको परिणामको जिम्मेवारी संयुक्त राज्य अमेरिका र इजरायलले लिनेछन्,” उनले लेखे।
नेतान्याहूले के भने ?
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रहरूमा आक्रमण गर्न सेनालाई आदेश दिएको बताएका छन्।
बीबीसी फारसीका अनुसार नेतान्याहूले आक्रमणको आदेश दिएको ठाउँलाई ‘दहिया’ भनिन्छ र यसलाई हिजबुल्लाहको महत्त्वपूर्ण गढ मानिन्छ । बीबीसी








प्रतिक्रिया