काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । आइतबार बस्ने तय भएको बैठक स्थगित भएर आज बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयनका विषयमा छलफल गर्ने कार्यसूची छ ।
साथै, बैठकमा अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समितिअन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन, संघीय सांसदहरूको पार्टी जिम्मेवारीलगायत विषयमा छलफल हुने कार्यसूची छ ।








प्रतिक्रिया