Logo

विश्व

इरानद्वारा धार्मिक स्थलमा आक्रमण गरिएको भन्दै इजरायलको आपत्ति



काठमाडौं । नेपालस्थित इजरायली दूतावासले इरानले जेरूसेलमस्थित धार्मिक स्थलमा आक्रमण गरेको आरोप लगाउँदै उक्त घटनाको कडा निन्दा गरेको छ ।
दूतावासका अनुसार रमादान महिनाका क्रममा जेरूसेलमको पुरातात्त्विक तथा सांस्कृतिक महत्व बोकेको ‘द टेम्पल माउन्ट’ क्षेत्रमा आक्रमण भएको जनाइएको छ ।
इजरायलले उक्त घटनालाई धार्मिक स्वतन्त्रता, मानवता तथा सहअस्तित्वविरुद्धको कार्य भएको बताएको छ । साथै रमादानजस्तो पवित्र महिनामा मस्जिद लक्षित आक्रमण हुनु धार्मिक आस्थाप्रति असम्मानजनक भएको दाबी गरेको छ ।
इजरायलले सबै धर्मप्रति सम्मान र धार्मिक स्वतन्त्रताको पक्षमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै इरानलाई यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ८ : ०६ बजे