काठमाडौं । ओमानको सोहर प्रान्तमा शुक्रबार इरानी ड्रोन प्रहार हुँदा एक नेपाली सामान्य घाइते भएका छन् ।
घाइते नेपाली नुवाकोटको ककनीका निवासी हुन् र उनी अहिले अस्पतालमा उपचाररत छन्। ओमानस्थित नेपाली दूतावासका अनुसार, उनी भोलि डिस्चार्ज हुने तयारीमा छन्।
आक्रमणमा परी दुई विदेशी कामदारको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। ड्रोन खसेको स्थान अल–अवाही औद्योगिक क्षेत्र रहेको बताइएको छ।
घटना त्यतिबेला भयो जब घाइते नेपाली आफ्नो कोठामा बसिरहेका थिए र ड्रोन विस्फोट हुँदा छर्रा लागि घाइते भएका थिए।
२९ फाल्गुन २०८२, शुक्रबार
69
Shares









प्रतिक्रिया