जेरुसेलम। इजरायलले गाजाबाट इजिप्ट जाने राफाह सीमा नाका खोल्दै गाजाका बासिन्दालाई प्यालेस्टिनी क्षेत्रबाट बाहिर निस्कन अनुमति दिने तयारी गरेको छ। इजरायली रक्षा मन्त्रालयको निकाय कोगाटले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको हो।
कोगाटका अनुसार, सीमा सञ्चालन युद्धविराम सम्झौता अनुसार र इयूको सीमा सहायता मिसनको सुपरिवेक्षणमा हुनेछ। यसअघि जनवरी २०२५ मा छ हप्ताको युद्धविरामको समयमा यो नाका छोटो समयका लागि खोलिएको थियो।
एएफपीले दुई युरोपेली कूटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ कि, अक्टोबर १४ मा पनि पैदल यात्रीका लागि सीमा खोल्ने तयारी भइरहेको थियो।
राफाह सीमा गाजाका प्यालेस्टिनीका लागि मुख्य निकास विन्दु मानिन्छ र यहाँबाट मानवतावादी कामदार, सहायता, खाना तथा इन्धन ढुवानी पनि हुने गरेको छ। इजरायली सेनाले मे २०२४ मा सीमाको प्यालेस्टिनी पक्षको क्षेत्र नियन्त्रणमा लिएको थियो र यसलाई हतियार तस्करी तथा “आतङ्कवादी उद्देश्यका लागि प्रयोग” भइरहेको दाबी गरेको थियो।
पूर्वमा पनि इजरायल र हमासबीचको युद्धविरामको समयमा यो सीमा नाका छोटो समयका लागि खोलिएको थियो।










प्रतिक्रिया