काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा सुनौलीबाट दिल्ली जाँदै गरेको यात्रुबाहक बसमा भीषण आगलागी भएको छ । ट्रकले बसलाई ठक्कर दिएपछि आगो फैलिँदा कम्तीमा तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यूपी–२२ एटी ०२४५ नम्बरको उक्त बस ४५ यात्रु बोकेर यात्रा गरिरहेको थियो, जसमा अधिकांश नेपाली यात्रु रहेको बताइएको छ । ठक्करपछि बस करिब १०० मिटर घिस्रिँदैं हाइटेन्सन लाइनको खम्बामा ठोक्किँदा खम्बा बसमाथि खसेको र त्यसपछि आगलागी भएको बताइएको छ ।
घटनापछि बस चालक र सहचालकको अवस्थाबारे हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन । सुरक्षाकर्मी तथा दमकलको टोली घटनास्थलमा पुगेर उद्धार र नियन्त्रणको काममा खटिएको छ । थप विवरण आउन बाँकी छ ।










प्रतिक्रिया