Logo

मुख्य समाचार

चीनमा विदेशी जनावर पाल्नेको संख्या बढ्दो, छेपारो र कछुवा प्रजाति पाल्ने मात्रै १ करोड ७० लाख


३० कार्तिक २०८२, आइतबार  

46
Shares

काठमाडौं । चीनमा १ करोड ७० लाख भन्दा बढी मानिसले छेपारो र कछुवा प्रजातिका जनावर पाल्ने गरेका छन् । चीनमा पछिल्लो समय विदेशी जनावर (एक्जोटिक पेट) पाल्ने प्रचलन तीव्र रूपमा बढ्दै गएपछि यस्ता जनावर पाल्नेहरुको संङ्ख्या बढेको हो ।

यसले चीनमा नयाँ र द्रुत रूपमा विस्तार भइरहेको एक विशेष बजारको विकासलाई थप गति दिएको छ । हाल चीनमा कुकुर वा बिरालोबाहेक अन्य विदेशी प्रजातिका छेपारो र कछुवा प्रजातिका जनावर पाल्ने १ करोड ७० लाखभन्दा बढी मानिस रहेको तथ्यांकले देखाएको छ । यसकै कारण एक्जोटिक पेट बजारको मूल्य हाल १.४ अर्ब अमेरिकी डलर पुगेको छ ।

केन्द्रीय चीनको साङच्यू क्षेत्रमा यस्तो माग पूरा गर्न विदेशी जनावरको प्रजनन बढिरहेको छ । यस्ता जनावरमध्ये केही संरक्षित सूचीमा परेकाले प्रजननका लागि विशेष अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । त्यसैअनुसार, हान चु नामक एक प्रजनकले अफ्रिकी प्रजातिको लेपर्ड टोइरटस (चितुवे कछुवा) पालन–प्रजनन गर्दै आएका छन्, जुन चीनमा संरक्षित प्रजाति मा पर्छ । यस कछुवाको मुल्य २,८०० देखि ४,२०० अमेरिकी डलर सम्म पर्छ, र किन्न आउनेको संख्या धेरै नै छ ।”

विशेषज्ञहरूको भनाइमा, विदेशी जनावर मात्र नभई विभिन्न चराचुरुङ्गी र सरीसृपहरूले पनि मानिसहरूलाई भावनात्मक साथ दिइरहेका छन् । “हाम्रो समाज र अर्थतन्त्रको विकाससँगै भावनात्मक साथ र मनोवैज्ञानिक सहायताको आवश्यकता बढिरहेको छ । विशेषगरी युवावर्गबाट आएको यो माग ठूलो छ, जसले एक नयाँ बजारलाई जन्म दिएको छ ।”

आईआई मिडिया रिसर्चका अनुसार यस वर्षको अन्त्यसम्म चीनको समग्र पेट उद्योगको बजार आकार ११३ अर्ब अमेरिकी डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ । सीसीटीभी

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १० : ४५ बजे